१२ श्रावण २०८१, शनिबार

गुणस्तर मापन अभियानकै रुपमा अगाडी बढाऔं : कृषि मन्त्री अर्याल

प्रकाशित मिति :  30 December, 2020 2:01 pm


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी छन् । आज विहान विभाग पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछी मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको जानकारी लिन सुरु गरेकी हुन् । उक्त अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन् ।

खाद्यवस्तुको गुणस्तर परिक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो । “अहिलेको अनुगमन, निरिक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुदैन । अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु योजना सहित अगाडी बढ्नुस् । यसलाई अभियानकै रुपमा हामीले अगाडी बढाउनुपर्छ ।”

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिइन् । नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडी बढाउन उनले आग्रह गरिन् । प्रबद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।

उनले आजसम्म भएका कार्यहरुको प्रसंसा गर्दै यसलाई अझ बढाउन आवश्यक रहेको प्रष्टइन् । “उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ त्यो राम्रो गर्नुभएको छ । तर, अब यतिले मात्र हाम्रो आवश्यकता पुरा हुँदैन, यसलाई बढाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भन्नुभयो, ‘आजभन्दा भोली कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईहरु अगाडी बढ्नुस ।”

मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्की, पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अगाडी बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !