१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख रुपैयाँ गायब !

प्रकाशित मिति :  31 December, 2020 3:14 pm


नेकपा ओली समूह सुदूरपश्चिम प्रदेशका नेता थापा र प्रचण्ड नेपाल समुहका नेता रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को ओली समूहले प्रचण्ड नेपाल पक्षलाई सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख रुपैयाँ लगेको आरोप लगाएको छ ।

ओली समूहका सदूरपश्चिम प्रदेशका नेता कर्णबहादुर थापाले अर्को नेता भिम रावललाई खातामा रहेको ३० लाख रुपैयाँ गायब गरेको आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,”नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भिम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदुरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायव पारेपछि स्पष्ट भएको छ । पार्टी एक हुँदा थापा सुदुरपश्चिम प्रदेशका अध्यक्ष थिए भने रावल इन्चार्ज थिए । ”

थापाका अनुसार पार्टीको बैंक खाता अध्यक्षको हैसियतले आफ्नो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेप बहादुर चौधरीको नाममा रहेको थियो ।

थापाले भनेका छन्,”पार्टी फूटको तहमा पुगे पछि मैले दिनेश चन्द्र सुवेदी र नेप बहादुर चौधरीलाई पार्टी सम्पत्ति साझा हो । बैंकबाट पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्नु होला । राजनीतिक विवाद र पक्षधरता आफ्नो ठाउँमा छ तर सम्पत्तिको दुरुपयोग भयो भने व्यक्तिगत जिम्मेवार लिनु पर्दछ भनेको   थिएँ । पार्टी कार्यालयमा तालाबन्दी भएका कारणले कृषि विकास बैक धनगडिका मेनेजरलाई पार्टीको नामबाट चेक आएमा पैसा नदिनु होला भनेर पनि भनेको थिए । तर डा. भीम रावलको दबाबमा पार्टीको ३० लाख गायव पारिएको छ । यसलाई मैले अन्तन्तै नीज र अपराधिक मानसिकताको उपजको रुपमा लिएको छु ।”

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै नेकपा विभाजन भएपछि विवाद बैंकिङ हिसाबकिताबमा पुगेको छ । प्रचण्ड नेपाल पक्षले पार्टीका नाममा रहेका खाता रोक्न पत्राचार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !