१२ मंसिर २०८०, मंगलबार

नेपाल फाइनान्सको ५ लाख कित्ता बढी हकप्रद सेयर लिलामीमा

प्रकाशित मिति :  1 January, 2021 1:22 pm


काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले अवितरित ५ लाख बढी हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले आज शुक्रबारबाट ५ लाख १५ हजार २४८. २५ कित्ता सेयर लिलामीमा राखेको हो ।

लिलामीमा राखिएको कुल कित्तामध्ये संस्थापक सेयर २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण सेयर २ लाख ६० हजार १६९.५० कित्ता छन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १०० कित्ता लागि वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २४ गते बैंकिङ समयसम्म तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !