मुक्तिनाथ विकास बैंकद्धारा स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो स्थापना दिवसको अवसरमा क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण गरेको जनाएको छ । त्यस्तै एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेका बैंकले जनाएको छ ।
०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी, रु. १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो । बैंकले वर्षिकउत्सवको अवसरमा कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ ।
भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एन.एफ.सी.) मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले एइक् टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् ।
यसै गरी भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।








