१५ चैत्र २०८०, बिहिबार

क्यारिकेचर प्रदर्शनीमा ५० भन्दा बढी सामाजिक व्यक्तित्वका अनुहार, ३६० डिग्री भर्चुअल अवलाेकन सुविधा

प्रकाशित मिति :  4 January, 2021 4:13 pm


काठमाडाैं । कार्टुनिस्ट क्लब अफ नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानको आयोजनामा जारी भर्चुअल क्यारिकेचर प्रदर्शनीमा ५० बढी सामाजिक व्यक्तित्वका अनुहारकाे क्यारिकेचर प्रदर्शनीमा राखिएकाे छ ।

भर्चुल अनलाइन ग्यालरीमा कम्युटर र  इन्टरनेटकाे सुविधा प्रयाेग गरि प्रवेश गर्न सकिने प्रदर्शनीमा ४० जना कलाकारले बनाएका उत्कृष्ट क्यारिकेचर प्रत्यक्ष हेरेसरहकाे अनुभव गर्न सकिने व्यवस्था गरिएकाे हाे ।

सामाजिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वमाथि बनेका क्यारिकेचर अनलाइन ग्यालरी नेपालडटकममार्फत् जारी गरिएको हो। ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति केके कर्माचार्यले उद्घाटन गरेको प्रदर्शनी तथा क्यारिकेचर कार्यशालामा चार दर्जन क्यारिकेचर समावेश छ। भर्चुअल रुपमा आयोजना गरिएको प्रदर्शनीमा तीन दर्जन क्यारिकेचरिस्टका क्यारिकेचर समावेश छ ।

प्रदर्शनीमा अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, बासु क्षितिज, देवेन्द्र थुम्केली, योगेश खपांगी, केशवराज खनाल, रवीन्द्र मानन्धर, रवि मिश्र, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, भानु भट्टराई, उमेशचन्द्र अधिकारी, पदम घले, सागर शाह, राजेश मानन्धर, नविन नाल्बो, महेश वस्ताकोटी, कमल गोसाई, दिनेश प्रधान, एनवी गुरुङ, रमिला महर्जन, उजेली सुनार, शुभा जोशी, सुजिता महर्जन, राजकी अर्याल, सानुराजा डंगोल, सौरभ कोइराला, रामहरि रिमाल, वामन चालिसे, विरोचन मल्ल, बाबु साइँला, विकास तमाकु, विनय रिमाल, अभिनाष मल्ल सहभागी छन्।

कलाकार तथा कार्टुनिस्टहरुले केके कर्माचार्य, मदन चित्रकार, महावीर पुन, डाक्टर सन्दुक रुइत, किशोर नेपाल, कुमार नगरकोटी, दयाहाङ राई, डाक्टर गोविन्द केसी, उदितनारायण झा, सुनिल थापा, अविन श्रेष्ठ, सुजन चित्रकार, विपिन कार्की, मनोज गजुरेल, राजेश हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्तोष पन्त, रवि लामिछाने लगायतका क्यारिकेचर प्रदर्शनीमा राखेका छन्।

प्रदर्शनी अघि कार्यशालाको आयोजना भएको थियो, त्यसपछी प्रतियोगिता गरिएको थियो । प्रतियोगिताका सहभागी मध्धे सुबोध पोखरेल, विश्व थापा र प्रकाश थापा “प्रथा“ ले क्रमशः पहिलो, दोश्रो र तेश्रो पुरस्कार प्राप्त गरेका थिए ।
पौष १७ गते सुरु भएको सो प्रदर्शनी पौष २७ सम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !