६ आश्विन २०८३, मंगलबार

नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु

प्रकाशित मिति :  22 September, 2026 10:54 am


काठमाडौँ । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रिय कमिटी बैठकको दोस्रो दिनको सत्र शुरु भएको छ ।

ललितपुरस्थित एक होटलमा जारी बैठकमा अध्यक्षद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले समूहगत छलफल गरिरहेका छन् । आज केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको छ । प्रत्येक केन्द्रिय सदस्यलाई तीन मिनेटको समय सीमा दिइएको छ ।

सोवमार पार्टी अध्यक्षले प्रश्तुत गर्नुभएको प्रतिवेदनउपर नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् । सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पनि धारणा राख्नेछन् । बैठक बुधवारसम्म चल्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !