३० बैशाख २०८१, आइतबार

इतिहासकै ठूलो आइपीओ निष्काशन गर्दै इन्फ्रास्टक्चर बैंक

प्रकाशित मिति :  5 January, 2021 3:02 pm


काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले माघ २ गते देखि इतिहासमा अहिले सम्मकै ठुलो आइपीओ निश्कासन गर्न लागेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।

बैंकको निष्कासन हुने ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ भने सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

सबैभन्दा ठूलो आकारको आइपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक संभावना छ । यो बैंकको आइपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस !