१८ बैशाख २०८१, मंगलबार

फरवार्ड माइक्रोफाइनान्सले गर्यो बम्पर लाभाशं घोषणा

प्रकाशित मिति :  7 January, 2021 12:49 pm


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभाशं घोषणा गरेको छ ।

कम्पनीको पुस २२ गते बुधबार बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ लाभाशं वितरण गर्ने घोषणा गरको हो ।

कम्पनीको चुक्तापुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँको कुल ३१.५८ प्रतिशत लाभाशं वितरण गर्ने उल्लेख गरिएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !