२९ बैशाख २०८१, शनिबार

चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ आजदेखि खुल्यो

प्रकाशित मिति :  8 January, 2021 2:05 pm


काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले सर्वधारणका लागि आजबाट आइपीओ खुल्ला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

कम्पनीको कुल कित्तामध्ये ६१ हजार ३६४ सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको छ भने बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशत अर्थात १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरिसकेको छ ।

दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !