१५ चैत्र २०८०, बिहिबार

सेन्चुरी बैंकको सरल र शताब्दी नामक दुई मस्कट सार्वजनिक,

प्रकाशित मिति :  8 January, 2021 3:00 pm


काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सुक्रबार दुई वटा मस्कट सार्वजनिक गरेको छ । बैंकले व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार तथा बजार बिस्तारका लागि सरल र शताब्दी नामका दुई वटा मस्कट सार्वजनिक गरेको हो ।

दुई मध्ये सरल मस्कटले बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा जानकारी गराउने छ भने शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउनेछ ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको बैंकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !