१६ माघ २०७९, सोमबार

७३७ म्याक्स दुर्घटनाका लागि बोइङले २.५ अर्ब जरिवाना तिर्न सहमत

प्रकाशित मिति :  8 January, 2021 3:44 pm


काठमाडौ ।

बोइङ विमान कम्पनीले ३४६ जना यात्रु मृत्यु भएको ७३७ म्याक्स यात्रु वाहक विमान दुर्घटनाका लागि फौजदारी अभियोग समाधान गर्न २.५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न सहमति जनाएको छ ।

कार्यवाहक सह महान्यायाधिवक्ता डेभिड बन्र्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लायन एयर फ्लाइट ६१० र इथोपियन एयर लाइन्स फ्लाइट ३०२ मा व्यावसायिक विमान बनाउने विश्वका अगुवा कम्पनी मध्ये एकका कामदारहरूबाट कपटपूर्ण काम गरिएको पाइएको छ ।”

विभागले फौजदारी अभियोगको जरिवाना २४ करोड ३६लाख अमेरिकीडलर, ७३७ म्याक्सका खरिदकर्तालाई १ अर्ब ७७ करोड अमेरिकी डलर र ५० करोड अमेरिकी डलर बराबरको रकम पीडितको नगद भुक्तानीका लागि हुने गरी यो जरिवाना तोकिएको छ । यो जरिवाना रकम अहिले जारी देवानी मुद्दाका लागि कुनै असर नपर्ने भएको छ ।

७३७ म्याक्सका दुई विमान दुर्घटना सन् २०१८ मा भएको थियो । एक लायन एयर र अर्को इथोपियन एयर लाइन्सको एक वर्ष पछि दुर्घटना भएको थियो । एक वर्षपछि भएको दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । दुई विमानमा उडान नियन्त्रण प्रणालीमा गडबडी भएको पाइयो । ७३७ म्याक्स विमान दुर्घटना भएयता विश्वभर यो विमान उडान सेवा एक वर्ष सञ्चालनमा आएको छैन ।

संघीय नियामकहरूले बोइङले भ्रम छरेको पाएका छन् । ती दुर्घटनामा परेका विमानहरूमा सुरक्षा सम्बन्धी सफ्टवेयर र विमानका केही पार्टपुर्जामा गडबडी रहेको पाइएको थियो । गत वर्ष यो अर्बौ अर्बअमेरिकी डलरको कमपनीका लागि नियामक निकाय एफएएले ५४ लाख अमेरिकी डलर मात्र जरिवाना गरेको थियो ।

नोभेम्बरमा म्याक्स विमानलाई लामो अनुसन्धान प्रक्रिया पछि उडान गर्न पाउने अनुमति फेरि प्राप्त भएकाे थियाे । बोइङको यो मामिला मिलेको खबर सार्वजनिक भएपछि उसको शेयर मूल्य १ प्रतिशतले घट्न पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !