१२ बैशाख २०८१, बुधबार

ट्विटरले डाेलाल्ड ट्रम्पकाे एकाउन्ट सधैका लागि बन्द गर्याे, हिंसा भड्काउन जिम्मेवार रहेकाे ठहर

प्रकाशित मिति :  9 January, 2021 10:46 am


काठमाडाैं ।

बाहिरिदै गरेका अमेरिकी राष्ट्रपति डाेलाल्ड ट्रम्पकाे ट्विटर एकाउन्ट सधैका लागि बन्द गरिएकाे छ । ट्रम्प समर्थकले अमेरिकी संसद कब्जा गर्न खाेज्दा भएकाे दङ्गापछि सुक्रबार उनले बचाउमा गरेकाे ट्विटकाे केही सकेन्डमै ट्विटरले एकाउन्ट बन्द गरिदिएकाे हाे ।

ट्रम्प समर्थकका कारण भएकाे दङ्गाका कारण एक प्रहरी अधिकारी सहित कम्तिमा पाँच जनाकाे मृत्यु भइसकेकाे छ ।

ट्विटरले ट्रम्पकाे एकाउन्टकाे गम्भीर विश्लेषण गर्दै भविष्यमा उनकाे एकाउन्ट बाट हिंसा भड्काउने सम्भावित जाेखिमलाइसमेत मध्यनजर गरेर एकाउन्ट बन्द गरेकाे जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !