१२ श्रावण २०८१, शनिबार

सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न,लाभांश पारित

प्रकाशित मिति :  14 January, 2021 12:22 pm


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा सम्पन्न भएको बैंकले जनाएको छसाधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ ।

त्यस्तै २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,००० मा आ.व. २०७६÷७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ /७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको   छ ।
साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न रमेश कुमार निरौला, श्री मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

चालु आ.व.को असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको बैैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !