२८ बैशाख २०८१, शुक्रबार

भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डता रक्षा गर्न संसदीय समितिको सरकारलाई निर्देशन

प्रकाशित मिति :  13 December, 2019 5:01 pm


काठमाडाैं, २७ मंसिर ।

संसदीय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल -भारत सीमा समस्या समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंह दरबारमा बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न भनेको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न पनि समितिले निर्देशन दिएको   छ ।

त्यस्तै लिम्पियाधुरा, लिपुलेक कालापानी, सुस्ता लगायतको नेपाली भूमी समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न पनि सरकारलाई समितिले निर्देशनको निर्देशन  छ ।



प्रतिक्रिया दिनुहोस !