२० बैशाख २०८१, बिहिबार

सिंगटी हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला

प्रकाशित मिति :  17 January, 2021 1:17 pm


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज देखि पहिलाे चरणको साधारण सेयर बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यो आइपीओ माघ १८ गतेसम्म भर्न सकिनेछ ।

उक्त समयमै सबै सेयर बिक्री नभएमा भने फागुन ३ गतेसम्मअ खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । उक्त कम्पनीको सार्वजनिक सेयर निस्काशन तथा बिक्री प्रबन्धकमा काम मेगा क्यापिटल मार्केट्स रहेको छ ।

दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले दोलखाको सिंगटीस्थित सेन्चुरी कमर्सियल बैंक, कालिञ्चोक गाउँपालिका वडा नं. २, दोलखास्थित सिंगटी हाइड्रोको कार्यालय, सिंगटीस्थित नेपाल बैंक र नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ ।आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम जोखिम भएको केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ।



प्रतिक्रिया दिनुहोस !