१२ श्रावण २०८१, शनिबार

भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश नं. ५ सरकारको तयारी सुरु

प्रकाशित मिति :  13 December, 2019 7:11 pm


बुटवल, २७ मंसिर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं. ५ सरकारले तयारी थालेको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य बर्दियाको ठाकुरद्वारामा आयोजना गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारले भ्रमण बर्षको शुभारम्भमा उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउने भन्दै तयारी थालेको छ ।

प्रदेश सरकारले नयाँ बर्षसंगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन गर्ने जनाएको छ । भ्रमण बर्षको शुभारम्भको औपचारिक उद्घाटन प्रदेश नं. ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भ्रमण बर्ष पर्यटन प्रवद्र्धन समितले तयारी थालेको नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिका सदस्य भाष्कर काफ्लेले जानकारी दिनुभयो ।  ‘डिसेम्बर अन्तिम नेपालगन्ज र जनवरी १ मा ठाकुरद्वारामा भ्रमण बर्षको कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हौं’, उहाँले भन्नुभयो ।  भ्रमण बर्ष उद्घाटनका दिन जनवरी १ तारिखका दिन विहान बाँकेको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत उद्घाटन गर्ने निर्णय समितिले गरेको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहेका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले भ्रमण वर्ष शुभारम्भको उद्घाटन कार्यक्रम भब्य बनाउन आवश्यक तयारी सुरु गरेको जानकारी दिनुभएको छ ।
भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा वर्दियाको ठाकुरद्वारामा ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सचिवालय बैठकमा मन्त्री गिरीले जानकारी दिनुभयो । भ्रमण बर्षको उद्घाटन कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रबद्र्धन समितिका ५-५ जना सदस्य, स्थानीय तहका प्रमुख-उपप्रमुखलाई निम्त्याइँदैछ ।



प्रतिक्रिया दिनुहोस !