२९ बैशाख २०८१, शनिबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे आइपीओ छुटाउनु भयो कि ? आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  19 January, 2021 12:44 pm


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले जारी गरेको इतिहासकै ठूलो आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत माघ २ गतेबाट ६ गतेसम्म सर्वधारणका लागि ८ करोड कित्ता सेयर निष्काशन तथा विक्री खुला गरेको हो ।

प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँड पछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ ।उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनाईबीएल एस क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म यो आईपीओमा ११ लाख ८० हजार ११० आवेदकबाट १४ करोड १९ लाख ५२ हजार १४० कित्ता खरिद आवेदन परेको छ । यो हिसाबले निफ्राको आईपीओमा सोमबारसम्म मागभन्दा १.८७ गुणा बढी आवेदन परेको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल तथा एपमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !