२९ बैशाख २०८१, शनिबार

सिटिजन इन्स्योरेन्सले आइपीओ जारी गर्न साधारण सभा बोलायो

प्रकाशित मिति :  19 January, 2021 1:16 pm


काठमाडौं ।  सिटिजन इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्नकोे लागि आउँदो साधारण सभामा प्रस्ताव लैजाने तयारीका साथ सभा बोलाएको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई ट्रिपल बि (द्यद्यद्य)को रेटिङ प्रदान गरेको हो । यसले मध्यम क्रेडिट जोखिम रहेको देखाउँछ ।

कम्पनीले आउँदो फागुन २ गते तेश्रो वार्षिक साधारणसभा आम्रापाली व्याङ्कवेट, नक्साल काठमाडौंमा बोलाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !