२४ बैशाख २०८१, सोमबार

धनुषा बम विस्फोटमा घाइते प्रहरी निरीक्षक दाहालको पनि मृत्यु

प्रकाशित मिति :  14 December, 2019 8:25 am


धनुषा, २८ मंसिर ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । बम विस्फोटमा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी निरीक्षक दाहालसहित ४ जना गम्भीर घाइते थिए ।

विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उहाँका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फाेट भएको प्रहरीको भनाई छ ।  इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टाेली पुगेर बम भए नभएको जाँच गर्ने क्रममा  विस्फोट भएको थियो।

विस्फोटमा परि प्रहरी जवान रिजन महतो,  मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते  छन्। घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। अनुसन्धान तीव्र पारिएकाे धनुषा प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !