११ बैशाख २०८१, मंगलबार

३ महिना पछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा

प्रकाशित मिति :  20 January, 2021 1:10 pm


एजेन्सी, ७ माघ । 

लामाे समयदेखि सार्वजनिक रूपमा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा झन्डै ३ महिना पछि एउटा भिडियाे कन्फरेन्समा देखिएकाे चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भए पछि अक्टाेबर पछि पहिलाे पटक सार्वजनिक भएका छन् ।

गत अक्टाेबरमा ज्याक माले चीनकाे वितिय नियामक बारेमा आलाेचना गर्दै अभिव्यक्ति दिएका थिए । त्यस पश्चात उनले स्थापना गरेकाे एन्ट कम्पनिकाे आइपीओ  नियामक कम्पनिले अन्तिम समयमा राेकिदिएकाे थियाे । त्यसपछि ज्याक मा सार्वजनिक भएका थिएनन् ।

लामाे समयसम्म पनि सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारलेनै उनलाइ बेपत्ता पारेकाे हुन सक्ने आशंका गरेका समाचारहरु प्रकाशित गरिएकाे थियाे ।

चिनियाँ सञ्चारमाध्यमका ज्याक माले एक कार्यक्रममा भर्चुअल सम्बाेधन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !