१३ बैशाख २०८१, बिहिबार

पिपुल्स हाइड्रोपावरले ८२ करोड ५० हजार बराबरको आइपीओ जारी गर्दै

प्रकाशित मिति :  20 January, 2021 1:41 pm


काठमाडौं । पिपुल्स हाइड्रोपावरले कम्पनीले सुपर दोर्दी जलविद्युत् आयोजना ख कालागि आवश्यक लगानी जुटाउन आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ८२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न लागेको हो

लमजुङ जिल्लामा निर्माण गर्न लागेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजनाको लागि आवश्यक लगानी आवश्यक स्वपुँजी जुटाउन १ सय रुपैयाँ अंकितका दरले ८२ लाख ५० हजार कित्ता सेयर आयोजनामा प्रभावित स्थानीय र सर्वसाधारणको लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त साधारण सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

योसम्बन्धी सम्झौतापत्रमा मंगलबार सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले हस्ताक्ष गरेका छन्।



प्रतिक्रिया दिनुहोस !