१४ बैशाख २०८१, शुक्रबार

चन्द्रागिरी हिल्सको आइपीओको प्रिअलटमेन्ट आज, शुक्रबारसम्म बाँडफाँड

प्रकाशित मिति :  20 January, 2021 2:54 pm


काठमाडौं । गत महिना जारी गरेको चन्द्रागिरी हिल्सको आईपीओको प्रि अलटमेन्ट आज हुँदैछ । बुधबार बेलुकासम्ममा प्रिअलटमेन्ट भएपछिमात्रै कम्पनीको आइपीओ बाँडफाडको टुंगो लाग्ने बिक्री प्रबन्धक ग्लोबल आएमआई क्यापिटलले जनाएको छ ।

उक्त आइपीओ शुक्रबारसम्ममा बाँडफाड हुने सम्भावना रहेको छ । आज प्रि(अलोटमेन्ट भएपछि शुक्रबारसम्म आइपीओ बाँडफाड गर्ने तयारी गरिएको छ, यदि शुक्रबार बेलुकासम्म नभए शनिबार बिहानै बाँडफाड हुने क्यापिटलले जनाएको छ ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो।

कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

कम्पनीले जारी गरेको आईपिओमा उक्त कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको तुलनामा १७.५३ गुणा बढी हो ।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन् भने ११ लाख ११ हजार भन्दा धेरै जना भने खाली हात हुनेछन्



प्रतिक्रिया दिनुहोस !