१९ बैशाख २०८१, बुधबार

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्ट अप एण्ड इनोभेशन समितिले पूर्णता पायो

प्रकाशित मिति :  20 January, 2021 5:43 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्ट अप एण्ड इनोभेशन समितिले पूर्णता पाएको छ ।

कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे,निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार रहेका छन् ।

समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी छन् । त्यसैगरि समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति र अनिल चित्रकार रहेको महासंघले जनाएको छ । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसायनै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि वाहिरने यूवा शक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको बताए ।

समितिको पहिलो बैठकले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने निर्णय गरेको छ भने नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्ट अपहरूको व्यवसायिक सफलताका लागि शुरूवाती पूँजी लगानी जुटाइदिने निर्णय पनि गरेको छ ।

त्यस्तै शुरूवाती पूँजी स्टार्टअप समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत जुटाइने लगायतका निर्णय भएको महासंघको सचिवालयले जनाएको छ । समितिका भावी कार्यक्रम तथा योजनाका विषयलाई छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने ।



प्रतिक्रिया दिनुहोस !