८ बैशाख २०८१, शनिबार

प्रचण्ड माधवको एकता लामो समय टिक्दैन – ओली

प्रकाशित मिति :  21 January, 2021 4:24 pm


काठमाडौं ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको एकता लामो समय नटिक्ने टिप्पणी गर्नुभएको छ ।

उहाँले दुई जनाको सम्बन्ध नेपाली फिल्मको कथाजस्तै भएको भन्दै व्यंग्‍य गर्नुभएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिले आफूले पार्टीभित्र देशलाई हाँक्ने नेतृत्व खोजिरहेको पनि बताउनु भयो ।

प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएको तर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको ओलीले आरोप लगाउनु भयो ।



प्रतिक्रिया दिनुहोस !