२ जेष्ठ २०८१, बुधबार

रेबानद्वारा खाद्य सुरक्षा कार्यशाला सम्पन्न

प्रकाशित मिति :  13 December, 2019 9:34 am


काठमाडाैं, २९ मंसिर

रेष्टुरेन्ड एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) ले राजधानीमा अातिथ्यता तथा खाद्य सुरक्षा (हस्पिट्यालिटी एण्ड फूड सेफ्टी) सम्बन्धि कार्यशाला सम्पन्न गरेकाे छ ।  सेफ एशोसिएशन अफ नेपालको सहकार्यमा एक दिने कार्यशाला भएकाे हाे ।

राजधानीकाे तिनकुनेस्थित राेयल व्याङ्क्वेटमा सम्पन्न कार्यशालामा हस्पिट्यालिटी क्षेत्रमा मानव संसाधनको भूमिका र उनीहरुप्रति सञ्चालकहरुको जिम्मेवारी, अनलाइनमा रेष्टुरेण्ट व्यवसायको अवसर र चुनौती, फूड  प्रोडक्शन, सेफ्टी एण्ड हाइजिन र रेष्टुरेन्ट सञ्चालन लगाएतका विषयमा सहभागीहरूलाइ सहजीकरण गरिएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !