११ बैशाख २०८१, मंगलबार

गरिमा विकास बैंकद्धारा ‘स्मार्ट टेलर’को सुरुवात

प्रकाशित मिति :  25 January, 2021 1:57 pm


काठमाडौं । गरिमा विकास बैंकले ‘स्मार्ट टेलर’को सुरुवात गरेको छ ।

आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’को सुरुवात गरेको हो ।

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध हुने तर बैंकले चाँडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालले बताए ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाइ बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !