१२ श्रावण २०८१, शनिबार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु

प्रकाशित मिति :  15 December, 2019 10:22 am


काठमाडौं, २९ मंसिर । सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजेतिर दुर्घटना भएको हो ।

बस झण्डै पाँच सय मिटर तल खसेको छ । घटनास्थलमा अहिलेसम्म १२ जनाको शव भेटिएको सिन्धुपाल्चेकका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताउनुभयो।

दुर्घटनामा १८ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !