२४ बैशाख २०८१, सोमबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओको प्रि अलोटमेन्ट हुँदै, शुक्रबारसम्म बाँडफाँड हुने

प्रकाशित मिति :  27 January, 2021 4:05 pm


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको हाल सम्मकै ठूलो साधारण सेयर (आइपीओ) को प्रि अलोटमेन्ट आज हुँदैछ । बुधबार आज प्रि अलोटमेन्ट हुने र शुक्रबार शेयर बाँडफाड हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

प्री अलोटमेन्ट सम्पन्न भएपछि धितोपत्र बोर्डमा शुक्रबार बिहान १० बजे बाँडफाँड गर्नका लागि डकुमेन्ट बुझाइने छ । बोर्डबाट सोही प्रस्ताव अनुमति भएमा शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ ।

बैंकको आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन परेको हो ।

बैंकको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुनाले सबैजनाले माग गरे अनुसार पाउँदैनन् । तर आवेदन गर्ने सबै जनाले करिब ५० कित्ता सेयर पाउने भने पक्का रहेको छ ।

यही माघ २ गतेदेखि माघ ६ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !