१६ चैत्र २०८०, शुक्रबार

कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रर्दशन [फोटो फिचर]

प्रकाशित मिति :  27 January, 2021 5:09 pm


काठमाडौं । नेपालमा कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रर्दशन भएको छ । कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संगठनहरुले बानेश्वरमा प्रर्दशन गरेका हुन् ।

सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेसंगै कृषिमा आवद्ध विभिन्न संघसंगठनहरुले बानेश्वरमा प्रदर्शन गरेका हुन् ।


                  >कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय विरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन

                  >कृषि क्षेत्रमा बैदेशिक लगानी भित्राउने निर्णय कायान्वयन नगर्न सर्वोच्च अदालतद्धारा आन्तरिम आदेश


प्रर्दशनमा नेपाल अण्डा उत्पादक संघ,राष्ट्रिय कृषक समूह महासंघ,नेपाल डेरी एशोसिएसन,केन्दीय पशुपंक्षी पालन सहकारी संघ लि,डेरी उद्योग संघ कृषि विउ तथा तरकारी समूह नेपाल,चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ,बाख्रा व्यवसायी महासंघ,जिल्ला आई.पि.एम. कृषक संघ, चितवनको सहभागिता थियो ।


                >कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको ४ संगठनद्धारा विरोध 

                >कृषि क्षेत्रमा विदेशी लगानीको विरोधमा महासंघले बुझायो ज्ञापनपत्र


नेपालमा माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब,डेरी उद्योगमा ३० अर्ब, दाना तथा कुखुरापालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी भई करिब १५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरुमा रोजगारी सृजना भएको उद्यमीहरुको भनाई छ ।

सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ संसोधन गर्दै कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेको थियो । यो निर्णयसंगै यस क्षेत्रका उद्यमी व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।


             >कृषिमा वैदेशिक लगानी भित्रयाउने सरकारको निर्णयबारे कृषि उद्यमीहरू नै विभाजित 

             >कृषिमा वैदेशिक लगानी भित्राउन सरकारले ऐन संसोधन गरेपछि कृषि उद्यम क्षेत्र विरोधमा


यद्यपी माघ ४ गते सर्वोच्च अदालतले नेपालको कृषि क्षेत्रमा बैदेशिक लगानी भित्राउने निर्णय कायान्वयन नगर्न सर्वोच्च अदालतद्धारा आन्तरिम आदेश जारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !