७ असार २०८३, आइतबार

ज्योति विकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति :  28 January, 2021 11:49 am


काठमाडौं ।

ज्योति विकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

हिजो भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।

कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै बैंकका पदाधीकारी तथा कर्मचारीको मात्र भौतिक उपस्थित भएर र अन्य व्याक्तिहरुलाई अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरि वार्षिक साधारणसभामा गरेको हो।

साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्दै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयर धनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ।

त्यस्तै बैंकले साधारणसभाले ज्योति विकास बैंक लि। संस्थापक सेयरधनी समुहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरण माथी छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले हाल १०५ शाखा कार्यालयबाट, ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब ३७ अर्ब लगानी गरेका जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !