७ बैशाख २०८१, शुक्रबार

वर्ल्ड लिंक कम्युनिकेसनले सात प्रदेशमा १४ डेटा सेन्टर बनाउने

प्रकाशित मिति :  28 January, 2021 12:47 pm


काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसनले नेपालका सातै प्रदेशमा डेटा सेन्टर स्थापना गर्ने भएको छ ।

कम्पनीले आज पत्रकार सम्मेलन गरि देशभर कुल १४ वटा डेटा सेन्टर स्थापना गर्ने घोषणा गरेको हो । जसका लागि काठमाडौं र भरतपुरमा डेटा सेन्टरका लागि जग्गा लिइसकेको र बाँकी स्थानका लागि पनि प्रक्रिया अगाडि बढाएको वर्ल्ड लिंकले जनाएको छ ।

झण्डै ३ अर्ब लगानीमा स्थापना गरिने डेटा सेन्टरमा ३ वर्षभित्र बनाइसक्ने कम्पनीले जनाएको छ । डेटा सेन्टरलाई वर्ल्ड लिंक बाहेकका उपभोक्ताले पनि प्रयोग गर्न कम्पनीले जनाएकाे छ ।

‘सरकारको डिजिटल नेपाल बनाउने योजना अनुरुप नै हामीले डेटा सेन्टर बनाउन थालेका हौं । डेटा सेन्टर नजिक भयो भने प्रयोगकर्ताले सहज प्रयोग गर्न सक्छन्,’ वल्र्ड लिंकका एमडी दिलिप अग्रवाले भने । सर्भरमा काम गर्ने सबै आफ्ना लक्षित ग्राहक रहेको उनले बताए ।

डेटा सेन्टरहरु ६ मेगावाटका हुनेछन भने ५ सय भन्दा बढी र्याक भएका हुनेछन् । कम्पनीले टियर ३ र टियर ४ सर्टिफिकेसन प्राप्त हुने जनाएकाे छ ।

वर्ल्ड लिंकले दार्चुला, बैतडी, मनाङ र मुस्ताङ बाहेकका जिल्लामा आफ्नो सेवा दिंदै आएको छ भने । निकट भविष्यमा बाँकी जिल्लामा पनि सेवा विस्तार गर्ने जनाइएको छ । उक्त कम्पनीले २५ वर्षदेखि सेवा दिंदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !