१६ माघ २०७९, सोमबार

सनराईज बैंकद्धारा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना

प्रकाशित मिति :  29 January, 2021 9:59 am


काठमाडौं। सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा कार्यहरु गर्दै आएको सन्राइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैह्रिधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरी उद्घाटन गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक श्री जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाईटको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख कार्याकरी अधिकृत पौड्यालले बैंकले स्थापना गरेको यस ट्राफिक लाईटले यातायत व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मदत गर्ने साथै काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य शहरको रुपमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक जनक भटराईले यस्तो प्रविधियुक्त ट्राफिक लाईट काठमाडौंका चोक चोकमा राख्ने उद्देश्य राखेको र सन्राइज बैंकले सो उद्देश्यमा साथ दिई शहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु¥याएकोमा धन्यवाद दिए ।

सन्राइज बैंकले यस अघि पनि शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !