२५ बैशाख २०८१, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले सरकारी कर तथा राजश्व खल्ती मार्फत बुझाउन सक्ने

प्रकाशित मिति :  29 January, 2021 12:55 pm


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले सबै सरकारी कर तथा सरकारी राजस्व भुक्तानी खल्ती डिजिटल वालेटमार्फत गर्न सक्ने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको यससम्बन्धी सम्झौतामा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले र खल्तीका अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा माबाइल एपबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको हो । सम्झौतापछि करदाताले खल्ती मोवाइल वालेटबाट आन्तरिक राजस्व विभागअन्तर्गतका सबै राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय करलगायतका सबै प्रकारका सेवा शुल्क सहजै रकम भुक्तानी गर्न सक्नेछन्। राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अरू कर तथा राजस्व पनि खल्तीबाटै भुक्तानी गर्न सकिने छ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय माध्याम हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो ।



प्रतिक्रिया दिनुहोस !