२४ बैशाख २०८१, सोमबार

भैरहवा विमानस्थल निर्माणमा लापरबाही : चिनियाँ ठेकेदारले ल्याए नक्कली उपकरण

प्रकाशित मिति :  16 December, 2019 9:03 am


काठमाडौँ, ३० मङ्सिर

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले विमानस्थलमा प्रयोग हुने सामान नै नक्कली ल्याएको पाइएको छ ।

चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले विमानस्थलका धावनमार्ग, ट्याक्सी–वे तथा टर्मिनल भवन वरपर प्रयोग गरिने ‘लाइटिङ सिस्टम’का सामान नक्कली ल्याएको भेटिएको हो ।

कम्पनीले लाइटिङका लागि आवश्यक पर्ने ३७ करोड रुपैयाँ मूल्यबराबरको सामान ल्याएको छ । ‘ती प्रायः सबै नक्कली छन्,’ स्रोतले भन्यो । नक्कली सामान जोड्न लागेको तथ्य विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले सूचना पाएर चेक–जाँच गर्दा उक्त तथ्य बाहिर आएको हो । ‘चिनियाँ कम्पनीले सीधै नक्कली सामान जडान गरेर ठग्न खोजेको पाइएको छ,’ प्राधिकरणका एक प्राविधिकले भने । आयोजनाले ती सामान जडान गर्न दिएको छैन ।

कम्पनीले चिनियाँ दूतावासदेखि उच्च राजनीतिक नेतृत्वसम्म हारगुहार गरेर सोही सामान जडानका लागि लबिङसमेत गरिरहेको नयाँ पत्रिका  दैनिकमा समाचार छ।



प्रतिक्रिया दिनुहोस !