२४ बैशाख २०८१, सोमबार

राजदूत पौडेलसँग सीआईबीले लियो बयान

प्रकाशित मिति :  16 December, 2019 9:18 am


काठमाडौं, ३० मङ्सिर। बालुवाटार ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग बयान लिएको छ ।

करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णयमा संलग्न रहेको आरोपमा ब्युरोले पौडेलसँग इमेलमार्फत बयान लिएको हो ।

पूर्वमुख्य सचिवसमेत रहेका पौडेललाई ब्युरोको ‘३ नम्बर पिलर’ ले मंसिर १५ गते इमेलमार्फत जग्गा हिनामिना प्रकरणमा ‘तपाईंको भूमिका के थियो ? सरकारी जग्गामा मोही कायम नहुने कानुन हुँदाहुँदै किन मोही कायम हुने गरी निर्णय गरियो ? त्यसबेला के–के भएका थिए ?’ जस्ता आधा दर्जन प्रश्न गरेको थियो । ब्युरोले पौडेलको निजी इमेल ठेगानामा प्रश्न पठाएर जानकारी मागेको थियो ।

पत्र पठाएको १२ दिनपछि मंसिर २७ गते पौडेलले ब्युरोलाई इमेलमार्फत नै करिब २ पाना लामो जवाफ दिँदै जग्गा हिनामिनामा आफू संलग्न नभएको दाबी गरेका कान्तिपुर दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !