६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  31 January, 2021 12:59 pm


काठमाडाैं, १८ माघ । 

आइतबार सुनको मूल्यमा तोलाकाे १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार मूल्य निर्धारण गरिएकाे छ  ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहेर प्रतितोला ९२ हजार रुपैयाँ कायम रहेको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य उकालो लागेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा काराेबार रकम ताेकिएकाे महासंघले जनाएकाे छ । शुक्रबार पनि चाँदीको भाउ वृद्धि भई प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो



प्रतिक्रिया दिनुहोस !