२३ बैशाख २०८१, आइतबार

सैनामैनामा भूमि समस्या समाधान गर्न लगत संकलन ईकाइ कार्यालयको उद्घाटन

प्रकाशित मिति :  31 January, 2021 1:10 pm


सैनामैना ।
सैनामैना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासको व्यवस्थापन गर्ने कार्य तीब्र रुपमा अगाडी बढेको छ ।

आज नगरपालिमा भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन ईकाइको उद्घाटन गदै नगरप्रमुख चित्रबहादुर कार्कीले भूमिहिन दलित वा भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास भएकालाई जग्गा उपलब्ध गराउने कार्य स्पष्ट कानुनसहित तीब्र रुपमा अघि बढेको जानकारी दिदै लगत संकलनमा एकताबद्द भएर लाग्न आग्रह गरे । ’जग्गाधनी पूर्जा उपलब्ध गराउने नियम र कानुन अनुसार यो कार्य अघि बढेको छ,’ नगरप्रमुख कार्कीले भने ।

माघ महिनाभरी अव्यवस्थित बसोवासको लगत संकलन गर्ने र भूमिहिन दलित वा भूमिहिन सुकुम्वासीलाई आवासका लागि १ कठ्ठा र कृषिलाई ६ कठ्ठा सम्मा जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था भएबमोजिम प्रक्रिया पुर्याएर वितरण गरिने नगरप्रमुख कार्कीले जानकारि दिए।

’भोगचलान गरेका भनि आफुसँग भएको प्रमाणसहित लगत संकलन गरि पाउ भनेर एउटा निवेदन दिनुहोस,’ नगरप्रमुख कार्कीले भन्नुभयो, ’हाम्रा गणक तथा जनप्रतिनिधी साथीहरुले लगत संकलनका क्रममा पहिचान गर्नुहुन्छ को भूमिहिन दलित र भूमिहिन सुकुम्वासी हो ।’ तयारी पुगेका वडाले वडास्थतरीय सहजीकरण समितिको संयोजकले नगरपालिकाको फाटमार्फत फारम भराउन सकिने व्यवस्था भएको कार्कीले जानकारी दिए ।

’जग्गा नापजाँचको काम हुन कानुनी प्रक्रिया पछि जग्गा उपलब्ध गराउन लेखापढि गर्न पठाउने छौ, त्यसपछि जग्गा वितरण हुनेछ,’ नगरप्रमुख कार्कीले भने ।

भूमि सम्बन्धी समस्या समाधान आयोगसंग सैनामैना नगरपालिकाले सम्झौता गरे लगतै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीको लगत संकलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सैनामैनामा नियमित रुपमा गर्दै आएको नगरप्रमुख कार्कीले बताए।

सम्झौता लगतै नगरपालिकाले वडाबाट गणकहरुको वडाबाट छनौट गरेको हो । सैनामैना नगरभित्रको १०७ वटै टोल बिकास संस्थाबाट गणक छनौट गरी उनीहरुलाई आवश्यक परामर्श तथा अभिमुखीकरण कार्यक्रम सैनामैनाले गर्दै आएको छ ।

भूमि सम्बन्धी समस्या समाधानका लागी सैनामैनामा जनप्रतिनिधि, कर्माचारी, राजनैतिक दल, टोल बिकास संस्थाका पदाधिकारी लगायतको उपस्थितीमा नगरले आवश्यक छलफल र परामर्श गर्दै आएको छ । सैनामैनामा नगर स्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति र वडास्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति समेत गठन भैसकेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले भुमि सम्बन्धी समस्या ईकाइ कार्यालयको संयोजकमा सैनामैनाका अधिकृत प्रमोद खनाल तोकेको छ भने अधिकृत सन्त कुमार चौधरी र केवशराज अर्याललाई नगर स्तरीय कार्यालयमा खटाइएको नगरपालिकाले जानकारी दिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले माघ ९ गते सूचना जारी गर्दै आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी फागुन १३ गतेभित्र वडा कार्यालय मार्फत घरदैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्ट्याईं गर्ने प्रमाण कागजात पेश गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !