२५ बैशाख २०८१, मंगलबार

फर्स्ट माइक्रोफाइनान्सले बोनस शेयर हितग्राही खातामा पठायो

प्रकाशित मिति :  31 January, 2021 1:45 pm


काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको बोनस शेयर हितग्राही खातामा पठाएको छ ।

लघुवित्तले मंसिर १८ गते सम्पन्न ११ औँ वार्षिक साधारण सभाले पारित गरेको ९.५० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो। सो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रुपमा कारोबार गर्न सकिने व्यवस्था भइसकेको लघुवित्तले जनाएको छ।

लघुवित्तले मंसिर ५ गतेसम्म शेयर अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शीघ्र शेयर अभौतिकीकरण गरी बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्ने लघुवित्तले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !