५ जेष्ठ २०८१, शनिबार

सेयर बेचेको ३ दिनभित्रै पैसा भुक्तानी नगरे ब्रोकरलाई कडा कारबाही

प्रकाशित मिति :  31 January, 2021 2:26 pm


काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले समयमा भुक्तानी नगरेको खण्डमा स्टक ब्रोकरलाई कडा कारबाही बताएको छ । ब्रोकरले शेयर बिक्रीगरेपछि लगानी कर्ताले पाउनुपर्ने रकम सम्भव भए दोस्रो दिन नभए तेस्रो दिनसम्म भुक्तानी नगरे कडा कारबाही गरिने धितोपत्र वोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले बताए ।

शुक्रबार ५० वटै स्टक ब्रोकर र नेप्सेलाई सर्कुलर जारी गरिसेकाले नेप्सेमा पठाइएको सर्कुलरमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार काम गर्ने व्यवस्था मिलाउनु भन्ने निर्देशन दिएको छ ।

ब्रोकरहरुलाई पठाइएको सर्कुलरमा भने सेयर बिक्री गरेको दोस्रै दिन वा तेस्रो दिनभित्र अनिवार्य भुक्तानी गर्न निर्देशन दिइएको छ । ‘टीप्लस टु अक्षरशः पालना नगरे ब्रोकरलाई हामी कडा कारबाही गर्छौं’, भन्दै बोर्डका अध्यक्ष ढुंगानाले, ‘टीप्लस टुमा लगानीकर्तालाई ठ्याक्कै पैसा दिनुपर्यो अब अटेरी गर्ने कुनै ब्रोकरलाई छुट छैन ।

धितोपत्रको दोस्रो बजारमा टीप्लस टू कार्यान्वयनमा आएको १ साता बितिसकेको छ। धितोपत्र कारोबारको राफसाफ यसअघि तेस्रो दिन र हाल दोस्रो दिन नै भए पनि लगानीकर्ताले सेयर बिक्री गरेको कयौँ दिनसम्म भुक्तानी नपाएपछि धितोपत्र बोर्डसमक्ष दैनिक कयौं गुनासाहरु आउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !