२२ बैशाख २०८१, शनिबार

ग्रीन लाईफ हाइड्रोको आईपीओ आजदेखी बिक्री खुला

प्रकाशित मिति :  5 February, 2021 11:53 am


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।

आजबाट बिक्री खुला भएको उक्त सेयर छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !