२० बैशाख २०८१, बिहिबार

महिला लघुवित्तको आईपीओ निष्कासन मिति सर्यो

प्रकाशित मिति :  5 February, 2021 3:59 pm


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गते बुधबारबाट निष्काशन गर्ने भनेको साधारण सेयर (आइपिओ) निष्काशन मिति परिवर्तन भएको छ । संस्थाले उक्त आइपिओ माघ ३० गते, शुक्रबारबाट निष्कासन गर्ने जानकारी दिएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फगुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।



प्रतिक्रिया दिनुहोस !