२४ बैशाख २०८१, सोमबार

स्वाभिमान लघुवित्तको नाफा १४७.९८ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  7 February, 2021 2:00 pm


काठमाडौं । स्वाभिमान लघुवित्तको वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो अवधीमा गत वर्षको तुलनामा यस वर्ष १४७.९८ प्रतिशत बढी नाफा कमाएको छ ।

आज सार्वजनिक वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ८० लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४१ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको यस्तो आम्दानी ३ करोड ४ लाख रुपैयाँ रहेको थियो।

कम्पनी सञ्चालन मुनाफाबाट ३ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष सोहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ६६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको रिजर्भको आकार १११.४४ प्रतिशतले बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिभर्जमा ३ करोड २४ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ७३.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.९५ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !