१६ बैशाख २०८१, आइतबार

छापावाला सुन प्रतितोला २ सयले घट्यो

प्रकाशित मिति :  8 February, 2021 12:44 pm


काठमाडौ । साताको पहिलो दिन उकालो लागेको सुनको मूल्य दोस्रो दिन भने ओरालो लागेको छ । नेपाली बजारमा सोमबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९० हजार ४ सय रुपैयाँ, तेजाबी सुन ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सु्न ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने उकालो लागेको छ । प्रतितोला १ हजार ३१५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !