१४ माघ २०७९, शनिबार

२९ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

प्रकाशित मिति :  9 February, 2021 4:54 pm


काठमाडौं । साताको तेस्रो दिन आज नेप्से २९ अंकले करेक्सन भएको छ ।

सोमवारसम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको नेप्से परिसूचक आज २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा आएको छ । करेक्सन देखिएको नेप्से परिसूचकमा अधिकांश उपसूचक नकारात्मक देखिएका छन् ।

आज १ करोड ५९ लाख ८५ हजारभन्दा बढी कित्ताबाट ८ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो दिनको कारोबारमा विकास बैंक र फाइनान्सबाहेक सबै उपसूचकहरु घटेका छन् ।

आजको कारोवारमा सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, कालिका पावर कम्पनी र नेपाल ल्युव आयल लिमिटेड रहेका छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, निर्धान उत्थान लघुवित्त, माउन्टेन इनर्जी, गुँरास लघुवित्त र नेरुडा लघुवित्त कम्पनी छन् ।

सोमवार नेप्से हालसम्मकै उच्च विन्दु पुगेपछि छोटो समयमा राम्रो नाफा भएपछि अल्पकालीन कारोबारीले नाफा बुक गर्दा नेप्से सूचक करेक्सन भएको हो । सेयर बढिरहेका बेला बजारमा करेक्सन आउनु स्वभाविक प्रक्रिया भएकोविश्लेषकहरुले बताउदै आएका छन्।

सेयर बढ्दा बेलाबेलामा हुने यस्ता करेक्सनले बजारलाई थप उचाईमा लैजानले विश्लेषकहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !