२९ बैशाख २०८१, शनिबार

लगानी गर्न तयार हुनुहोस्, फागुनमा आउँदै छ अर्को आइपीओ

प्रकाशित मिति :  10 February, 2021 12:47 pm


काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले सर्वसाधारणको लागि आइपीओ जारी गर्न लागेको छ । कम्पनीले फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दालाई पहिलो चरणमा आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ । लगानीकर्ताहरुले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म सेयर भर्न पाउनेछन् ।

उक्त सेयर छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गतेसम्म आवेदन दिन पाइनेछ ।

नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते यो कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको थियो ।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !