२३ बैशाख २०८१, आइतबार

कर्णालीवासीले हरेक महिना अनिवार्य श्रम गर्ने

प्रकाशित मिति :  17 December, 2019 8:53 am


काठमाडाैं, १ पुस। २०७४ चैत ४ गते पदभार ग्रहणलगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका पाँच प्रतिबद्धतामध्ये एक थियो– महिनामा दुई दिनलाई श्रम दिनका रुपमा मनाउने।

मुख्यमन्त्रीको प्रतिबद्धतालाई फागुन २६ को दोस्रो मन्त्रिपरिषद् बैठकले पारित ग-यो। एक वर्षसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा महिनाको १ र १५ गते सरसफाइ, पूर्वाधार निर्माणलगायतका काम सञ्चालन गरिए। श्रम दिनमा प्रदेशमातहत कार्यालयका कर्मचारीलाई ‘अनिवार्य’ भनिए पनि सुरक्षा निकाय र सामाजिक क्षेत्रबाट पनि उल्लेख्य उपस्थिति हुन्थ्यो। मुख्यमन्त्री शाही आफैं कुचो बेल्चा बोकेर श्रममा खटिनु हुन्थ्यो ।

  • पछिल्लो समय भने श्रमदिन मर्म मर्दै जान थालेको थियो। मुख्यमन्त्री उपस्थित हुँदा मात्रै कर्मचारी, सुरक्षाकर्मी र सामाजिक अभियन्ता आउँथे। यसैलाई लक्षित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘श्रम दिन अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७६’ बनाएको छ।

‘श्रमको सम्मान गर्न प्रदेशभरि महिनाको दुई दिन अनिवार्य रुपमा सबैले श्रम गर्ने उद्देश्यले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिन घोषणा गरिएको हो,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘अहिले कार्यविधि बनाएर त्यसलाई लागू गर्दैछौं।’ नागरिक दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !