६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  14 February, 2021 12:24 pm


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको सुनकाे मूल्य आज तोलामा एक सयले घटेर ९० हजार ८ सय काराेबार मूल्य निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेकाे महासंघले जनाएकाे छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतिताेला १३२० मा कारोबार भएकाे चाँदीकाे मूल्य आज बढेर प्रतितोला १३३५ पुगेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !