२० बैशाख २०८१, बिहिबार

सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  15 February, 2021 12:40 pm


काठमाडौं । सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावितका लागि पहिलो चरणमा गत माघ ४ गते देखि निष्कासन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

कम्पनीले आयोजना प्रभावितदोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरु र क्षेत्रमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूको लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !