२८ बैशाख २०८१, शुक्रबार

महालक्ष्मी इन्स्योरेन्सको ६० लाख कित्ता सेयर आइपीओ आउँदै

प्रकाशित मिति :  15 February, 2021 1:09 pm


काठमाडौं । आइपीओ ल्याउने तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सभा सुरु भएको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले साधारण सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

साधारण सभाबाट पारित भएपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् ।

लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायत कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि सभामा पेश कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !