२० बैशाख २०८१, बिहिबार

छुटाउनु होला है ! महिला लघुवित्त आइपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  16 February, 2021 12:58 pm


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । महिला लघुवित्तले गत माघ ३० गते देखि सर्वसाधारणका लागि आईपीओ सार्वजनिक गरेको थियो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको छ । उक्त आइपीओमा आज बैंकिङ समयसम्ममा आवेदन दिन सकिने छ ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्वाका माध्यमबाट आईपीओ भर्न सक्ने छन्।

कम्पनीको उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।महिला लघुवित्तले गत माघ ३० बाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !